Home / News / फेरी मलेसियामा एक युवकको गयो ज्यान,सब अझै आएन नेपाल

फेरी मलेसियामा एक युवकको गयो ज्यान,सब अझै आएन नेपाल

रामेछापबाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ । रामेछापको रिष्ठेका ३६ वर्षीय बिपिन गौतमको निधन भएको परिवारले जनाएको छ ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका ५ वर्ष लाग्दै गर्दा उनको लोहोरिको ठक्कर बाट मृत्यु भएको हो।स्थानीय समय अनुसार बिहानको ७:३० बजे डिउटी सकेर होस्टेल फर्कने क्रममा बाटो क्रस गर्दा लहरिको ठक्करबाट घटनास्थलमै मृत्यु भएको परिवारबाट जानकारी भएको छ।

परिवारको लालनपालनको लागि वैदेशिक रोजगारीमा गएका उनको आफ्नो छोरा छोरीलाई पनि भेट्न नपाई परदेशमै निधन भएको हो । उनको अशक्त आमा,बाबा र पत्नी संगै १ छोरा र २ छोरी छन्।उनको शव नेपाल आउन समय लाग्ने जानकारी प्राप्त भएको छ। via~ekarnali

Comments लेख्नुस