Home / Rashifal / सुत्नुभन्दा अघि बुढानिलकण्ठको दर्शन गरि भोलिको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

सुत्नुभन्दा अघि बुढानिलकण्ठको दर्शन गरि भोलिको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) :

व्यावसायकै सन्द्रर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फुर्त रूपमा अगाडि बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) :

पढाई लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनेतको खाँचो पर्नेछ । व्पायार व्यावसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा पनि मनमुटाव बढ्ने योग रहेको छ । स्थाई सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाडिनु पर्दा मन खिन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :

अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे नाफा कमाउँन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) :

व्यावसायमा प्रशस्त आम्दानी हुँने तथा पुराना कारोबारहरूलाई सल्टाउँने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरूबाट हुँने सुनुवाइ तपाइकै पक्षमा हुँने हुँनाले मन प्रसन्न हुँनेछ । पढाई लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तम तथा आफन्तको सल्लाह तथा सुझावलाई शिर धार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपाहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

पुराना कामहरू छोड्नाले आउने रकम आना छैनन् । व्यापार व्यावसायमा लगापन गरे पनि आम्दानी कमानै हुनेछ । आफन्त तथा आमा सँग मनमुटाव बढ्ने योग रहेको छ भने टाडिएर लामो दुरीको यात्रा गर्नु पता मन दुखी हुनेछ । घर जग्गाको खरिद बिक्री गर्दा जा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । कृषि तथा पशुपालन व्यावसायभ ने फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउँन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुँने ग्रहयोग रहेको छ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) :

पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर जुर्नेछ । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक सङ्कट निवारण गर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) :

कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागि समय फलदायि रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेको छ । विद्यार्थीहरूले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागि समय उत्तम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको वैदेशिक यात्राको तय हुँनेछ भने बिदेशिसामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा सावधानी अपनाउँनुहोला खराबब्याक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाइमा मन नजाने हुँनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) :

नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउँनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउँने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुँनेछन् भने बित्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा लगानी गरी भने जस्तो नाँफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुँनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिनेछ ।

यो पनि पढ्नुस

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

क्याफिन

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने

धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

Comments लेख्नुस