Home / Rashifal / बुधबारको दिनमा श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ चैत्र २० गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।#जय_श्रीकेदारनाथ।।

बुधबारको दिनमा श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ चैत्र २० गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।#जय_श्रीकेदारनाथ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसाय बाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ, पानि तथा पानि सँग सम्बन्धित व्यावसायमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुँनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले भने सताउने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)सत्रु परास्त हुँनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा दुई कदम अगाडि बडि अरुलाई किनारा लगाउँन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ । राजनिति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा सम्पन्न नगरिदिदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । पढाई लेखाईमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउँने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुँनेछ भने सहयोग गर्नेहरु कमै भेटिनेछन् । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि आजको दिनले साथ दिने छैन । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुँने हुँदा मन प्रशन्न रहनेछ । परिवारबाट तपाईको काममा पुर्ण समर्थन प्राप्त हुँने हुँदा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लगि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अगाडि तपाईको नाम आउँनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउँनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)नयाँ व्यावसाय थालन नगर्नुनै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभेट्दा नै राम्रो हुँनेछ किनकि भेटमा एक अर्कालाई शंकाको दृष्लिे हेर्दा थप समस्या उत्पन्न हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामि हुँने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ खानपानमा ध्यान दिनुहोला । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बिच मनमुटाव सिर्जना हुँनेछ । बोलिको प्रभाव घट्ने हुँनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानि गर्न कठिन रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)अन्य काममा व्यास्त हुँदा पठन पाठनमा आजको दिन खासै मन जाने छैन । स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।तपाईको दिन शुभ रहोस् । via~halkhabarnepal

Comments लेख्नुस