Home / JyotishMantra / कुन अवस्थामा पैसा खस्दा शुभ हुन्छ ! जान्नुहोस् यसो भन्छ वास्तुशास्त्र !

कुन अवस्थामा पैसा खस्दा शुभ हुन्छ ! जान्नुहोस् यसो भन्छ वास्तुशास्त्र !

काठमाडौँ । हिन्दु धर्ममा विश्वास गर्ने हर कोहीले वास्तुशास्त्रलाई विश्वास गरेका हुन्छन् । आफ्नो घरमा केही शुभ कार्य गर्नुपूर्व शास्त्रले बताएअनुसार शुभ साइत जुराएर काम गर्ने परम्परा रहेको छ । यस्तै मानिसहरले वास्तुशास्त्रको केही नियमहरु पालना गरेर आफ्नो दैनिक जीवनमा निकै फाइदा लिइरहेका हुन्छन् ।

यस्तै कुनै समय आफ्नो गोजीको पैसा अकास्मात झर्छ भने त्यसलाई वास्तुशास्त्रले शुभ मानेको छ । त्यसकारण आज हामी तपाईहरुलाई कुन अवस्थामा झरेको पैसाले के फल प्राप्त गर्छ भन्ने बारे बताउन गइरहेका छौँ । यदि केही कामको लागि घरबबाट बाहिर निस्केको बेला गोजीबाट पैसा निकाल्दै गर्दा पैसा खसेमा आफुले गर्न लागेको काम सिद्धी हुने बताइएको छ ।

यद्यपी यसरी पैसा खस्नुको पछाडी पनि थुप्रै शुभ संकेतहरु रहेका छन् । यदि तपाई कसैसँग पैसा लेनदेन गर्दा हातबाट खस्यो भने त्यो व्यक्तिसँग गरेको कारोबारले भविष्यमा निकै फाइदा हुन्छ । यदि तपाईले कपडा फेर्दै गर्दा गाजीबाट पैसा खस्यो भने तपाईले उठाउन नसकेको धन उठ्न सक्छ । त्यो बाहेक व्यापारमा पनि बढी मुनाफा हुन्छ । यदि तपाई घर फर्कदै गर्दा खसेको पैसा भेट्नु भयो भने सम्झनुहोस् तपाईसँगै तपाईको घरमा लक्ष्मीले बास गरेको हुनेछिन् ।

Comments लेख्नुस